रसुवाको भोटेकोशि नदिमा ठुलो बाढी आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारि नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठुलो बाढी आएको जानकारी आफुले पाएको बताए ।
तिब्बततर्फबाट ठुलो बाढी आएको जानकारी आफुले पाएको उननले बताए ।
"बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फ बाट ठुलो बाढी आएको भाने जानकारी पाएको छु।के कति क्षेति भएको छ भनेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन ।बुझ्ने प्रयास भइरहेको छ," उनले भने ।
भोटेकोशि नदिमा बाढी आएका कारण रसुवा नुवाकोट धादिङ गोर्खा र चितवन जिल्ला भइ बगे नदि तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।