दक्षिण अफ्रीकाका डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने साउथ अफ्रीकाका क्रीकेटर डेभिट मिलरले कर्णाली याक्सबाट नेपाल प्रीमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
कर्णाली याक्सले सामाजिक सञ्जाल मार्फत मिलरलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
एनपीएलको तेस्रो सिजन सोमबारबाट सुरु हुँदैछ ।