नेपाल स्वास्थ व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त भएका छन् ।
स्वास्थ मन्त्री निशा मेहताले पौडेललाई परिषद्को अध्यक्ष पदमा नियुक्ति गरेकी हुन् । पौडेल जनस्वास्थ्य विज्ञ तथा स्वास्थ नीति र स्वास्थ प्रणालीका विशेष हुन् ।
नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पौडेलले समुदाय स्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक एवं नेतृत्वदायी भूमिकामा काम गरेका छन्।
उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका छन्।
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij